aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जेल चलान भएको १७ दिनमै छुट्दै सांसद चौधरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ फागुन २०७९
जेल चलान भएको १७ दिनमै छुट्दै सांसद चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी आजबाट जेलमुक्त मुक्त हुने भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि सांसद चौधरी जेलमुक्त हुन लागेका हुन् । 

राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । त्यसमा चौधरीको पनि नाम रहेको छ ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । चौधरीले शुक्रबार नै ८ लाख धरौटी बुझाइसकेका छन् । 

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते प्रहरीले बाँकेबाट पक्राउ गरेको थियो । २० गते प्रहरीले कैलाली जिल्ला अदालतमा बुझाएपछि चौधरीलाई अदालतले सोहीदिन कारागार चलान गरेको थियो । उनी कारागार चलान भएको १७ दिनपछि छुट्न लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस