aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

एक लाख कतारी रियालसहित एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ फागुन २०७९
एक लाख कतारी रियालसहित एक जना पक्राउ

काठमाडौं । एक लाख भन्दा बढी कतारी रियालसहित एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्‍य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस् नागरिक २९ वर्षीय हिडिल कायन सरिकक्मारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

एयर ईण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस