aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लघुवित्त र मिटरब्याजीलाई विप्लवको चेतावनी : हाम्रो जिल्लामा नछिर्नु, कारबाही हुन्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ फागुन २०७९
लघुवित्त र मिटरब्याजीलाई विप्लवको चेतावनी : हाम्रो जिल्लामा नछिर्नु, कारबाही हुन्छ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लघुवित्त व्यापारी र मिटरब्याजीहरुलाई कपिलवस्तु जिल्लामा प्रवेश निषेधको घोषणा गरेको छ । महासचिव विप्लवको गृहजिल्ला र उनी अधिकांश समय रहने गरेको जिल्ला कपिलवस्तुमा दुई व्यवसायमा संलग्नहरुलाई प्रतिवन्ध लगाइएको हो । 

कपिलवस्तुको पश्चिमी क्षेत्रमा लघुवित्त संस्थाहरु र मिटरब्याजीले आतंक मच्चाएको भन्दै नेकपा कपिलवस्तुले आज एक विज्ञप्ति जारी गरि सो क्षेत्रमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । 

विप्लव नेतृत्वको नेकपा कपिलवस्तुका इन्चार्ज हेमन्त सी र सचिव पावेल सीले विज्ञप्ति निकाल्दै लघुवित्त र मिटरब्याजीलाई प्रतिबन्ध लगाएको भन्दै जानकारी गराएका छन् ।

लघुवित्त र मिटरब्याजीले आर्थिक शोषण गरेको, आत्महत्या गर्नेसम्मको अवस्था आएको भन्दै प्रतिबन्ध लगाउनुपर्ने अवस्था आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । पछिल्लो समय लघुवित्तका कारण मानिसहरुको भागाभाग चलेको छ । 

प्रतिक्रिया दिनुहोस