aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

एक लाख बढी कतारी रियल दिल्ली लैजान खोज्ने टर्कीस् नागरिक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ फागुन २०७९
एक लाख बढी कतारी रियल दिल्ली लैजान खोज्ने टर्कीस् नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लाखौँ कतारी रियल दिल्ली लैजान खोज्ने एक टर्कीस् नागरिक पक्राउ परेका छन् ।  भारतको दिललीतर्फ लैजान लागेको रु एक लाख २६ हजार तीन सय कतारी रियलसहित टर्कीस् नागरिक २९ वर्षीय हिड्ली क्यानलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
 
 उनका अनुसार एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छा ।

प्रतिक्रिया दिनुहोस