aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

मानव तस्करीमा उपत्यका अगाडि, तस्कारीको विधि नक्कली विवाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
मानव तस्करीमा उपत्यका अगाडि, तस्कारीको विधि नक्कली विवाह

काठमाडौं । मानव तस्कारीमा उपत्यकाबाट धेरै हुने गरेको प्रहरीको तथ्यांकले देखाएको  छ । आर्थिक वर्ष २०७५÷७६ मा २५८ वटा मुद्दामा उपत्याकाबाट ५३ वटा मुद्दा दर्ता भएका नेपाल प्रहरीको मानव वेचविखन अनुसन्धान व्यूरोले जनाएको छ । त्यस्तै,  आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा कम प्रदेश नम्बर ४ रहेको छ ।

आव २०७५/७६ वर्षमा ७ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै प्रदेश नम्बर १ मा ५१, प्रदेश नम्बर २ मा १९, प्रदेश नम्बर ३ मा २२, प्रदेश नम्बर ४ मा ७, प्रदेश नम्बर ५ मा ४८, प्रदेश नम्बर ६ मा ८ र प्रदेश नम्बर ७ मा ३६ वटा मानव बेचविखनका मुद्दा दर्ता भएका छन् । 

 गरिब घरपरिवारका युवतीलाई लक्षित गरी मनाव तस्करी गर्ने गिरोहले विवाहको नाम नेपाली किनबेच गर्ने गरेको नेपाल प्रहरीले खुलासा गरेको छ ।  नेपाली युवतीहरुलाई विवाहको बहानामा चीन लैजानको लागि  मानव तस्करी हुन लागेको विशेष सूचनाको आधारमा मनाव बेचविखन अनुसन्धान ब्यूरोले उद्धार गरेको थियो ।

त्यस्तैगरि वेचविखनमा संलग्न पुरुष २०४ र महिला ८२ जना रहेका छन् । मानव वेचविखनमा संलग्न रहेर फरार रहेका १५१ जना पुरुष, ३४ जना महिला र ६ जना विदेशी नागरिक छन । ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिभिन्न मिति तथा स्थानहरुबाट ४ जना पीडित युवतीहरुको उद्दार गरेपछि घटना बाहिर आएको हो । उक्त अपराधमा संलग्न ६ नेपाली तथा ४ चिनिया गरि जम्मा १० जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले बताए । 

उनका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु २, हाल टोखा बस्ने रिना तामाङ भन्ने बिबिरानी तामाङ,  नुवाकोट ककनी गाउँपालिका ४ हाल टोखा बस्ने रोज तामाङ, लमजुङ, बेशिशहर ३, हाल टोखा बस्ने पार्वती गुरुङ्, लमजुङ बेशीशहरकी अमृता गुरुङ, लमजुङ बेशीसहर गुम्बाचोकका (भरत तामाङ, लमजुङ, साविक गाँउशहर ४, हाल काठमाण्डौ सानेपा बस्ने उषा कुमार घिमिरे रहेका छन् । त्यस्तै पक्राउ पर्ने चिनियाँ नागरिकमध्ये जेङ सियाङ डोङ र ज्याङ डोङ हुइ चिनियाँ दलाल हुन् भने क्वान ग्याङ पिङ र क्वीन लियाङ नेपाली युवतीसँग बिहे गर्न आएकाको ब्युरोले जनाएको छ । 

उनीहरुले अदालती विवाह गरेर सहजै चीन लैजाने गरेको अनुसन्धानबाट खुलेको  प्रहरीका अनुसार अभियुक्तको साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद भएको छ । 

त्यस्तैगरि, अष्ट्रेलियामा लागि आकर्षक रोजगारी तथा अध्ययनको प्रलोभन देखाइ ठगी गर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको  छ । प्रतिव्यक्ति १५ लाख देखि २० लाख सम्म रकम असुल गरी गरेका थिए । 

 काठमाण्डौबाट मलेसिया हुदैँ इन्डोनेसियामा अलपत्र बनाएका थिए । भारतको पन्जाब भारत घर भइ जकार्ता टिमुर ईन्डोनेसियामा बसोबास गर्ने परषोत्तम लाल समेत मानव तस्करमा संलग्न भएको प्रहरीले जनाएको  छ।  

दोलखा स्थायी घर भएएका शशी कुमार तामाङ, म्यागदी बेनीका डोलेन्द्र कार्की, पर्बत कुस्माका शिव शर्मा, काभ्रेका अस्मिरा चौलागाई र काभ्रे पनौतीका अर्जुन कार्की अष्ट्रेलियामा लागि आकर्षक रोजगारी तथा अध्ययनको प्रलोभन देखाइ ठगी गर्ने गरेकालाई प्रहरीले पक्राउ गरेको  छ । 
 

प्रतिक्रिया दिनुहोस