aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय, अन्तिम अधिकार प्रचण्डलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ फागुन २०७९
राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय, अन्तिम अधिकार प्रचण्डलाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले राष्ट्रपतिको लागि अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा सम्पन्न बैठकले प्रचण्डलाई राष्ट्रपतिको निर्णय गर्ने अन्तिम अधिकार दिएको हो । 

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताए । राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा आफूहरू कायम रहेको उनको भनाइ छ ।

‘यस विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलार्ई बैठकले दिएको छ,’ उनले भने ।

पार्टीको बैठक बस्नु अगाडि प्रचण्डले नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । आइतबार राति नेपाली कांग्रेसका सभापतिसहित शिर्ष नेताहरुसँग प्रचण्डले दुई घण्टासम्म वार्ता गरेका थिए । 

प्रतिक्रिया दिनुहोस