काठमाडौं । सोमबार कोठामा ग्यास सिलिण्डर जोड्ने क्रममा लिक भएर आगो लागेपछि घाइते बनेको ८ जामध्ये २ जनाको स्वास्थ्य अवस्था सामान्य बनेको छ । धरान १७ को आदर्श चोकमा सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा सोमबार साँझ ग्याँस चुहावट भएर विस्फोट हुँदा ८ जना घाइते भएकोमा दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार ८ वर्षीय साङकेन राई र १० वर्षीय सुमिहाङ राईलाई अस्पतालले डिस्चार्ज गरेको छ ।
घाइते हुनेहरूमा घरधनी २७ वर्षीया सबिता, कोठाभाडामा बस्ने ४२ वर्षीया अञ्जना, ६५ वर्षीया रामकुमारी राई, ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्याँसका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनिश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का रहेका छन् ।
विस्फोटमा परी घाइते भएका ८ जनामध्ये अहिले २ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस