aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

जुवातास खेलिरहेका आठ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ फागुन २०७९
जुवातास खेलिरहेका आठ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका २ गैरीगाउँ डेरा गरी बस्ने ४७ वर्षीय उद्दब मल्लको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका २ बस्ने गोरखा घर भएका २५ वर्षीय भोज प्रताप थापा समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३३ हजार ६ सय रूपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस