काठमाडौं । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा सन्दुक रुइतले बहराइनका तर्फबाट झन्डै १४ करोड रुपैयाँ बराबरको पुरस्कार पाएका छन् । मंगलबार बहराइनका राजाले राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा एक समारोहकाबीच डा रुइतलाई नेपाली रुपैयाँ १४ करोड बराबरको ‘इशा अवार्ड’ प्रदान गरिएको छ ।
उनले ३० वर्षभन्दा बढी समय ‘मानवताका लागि सेवा’ गरेका कारण बहराइनका राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित अवार्ड, रुकम र सम्मानपत्र सहित सम्मान दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस