aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राष्ट्रपति पनि प्रमुख दलको हालबाट फुत्कने संकेत

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • बुधबार, १० फागुन २०७९
राष्ट्रपति पनि प्रमुख दलको हालबाट फुत्कने संकेत

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरूको दृश्य–अदृश्य छलफल, नयाँ–नयाँ प्रस्ताव तथा समीकरण बनाउने र भत्काउने खेलले थप पेचिलो बन्दै गएको हो ।

राष्ट्रपतिको निर्वाचन यही २५ फागुनमा हुँदै छ । आज (बुधबार १० फागुन) मतदाता नामावली प्रकाशन र १३ फागुन शनिबारका दिन उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुपर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, राष्ट्रपति कुन दलले पाउने र उम्मेदवार को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन ।

निरन्तर छलफलमा रहेका शीर्ष नेताहरूको आ–आफ्नै रणनीति छ । दृश्य–अदृश्य रूपमा भइरहेका छलफलले नयाँ समीकरण बनाउने र भत्काउने खेलमा अहिले शीर्ष नेताहरू रणनीतिक रूपमा सक्रिय छन् । कुन दल र को राष्ट्रपति हुने भन्ने कुरा निश्चित हुन अझै केही समय लाग्ने छलफलमा जुटेका नेताहरूको धारणा छ ।

संघीय संसद्का दुवै सदन ९प्रतिनिधिसभा र राष्ट्रियसभा० का सांसद र प्रदेशसभाका सांसदले मात्रै मतदान गर्न पाउने सो निर्वाचनमा प्रमुख दल कांग्रेस र एमालेले आ–आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास भित्रभित्रै गरिरहेका छन् । राष्ट्रपति निर्वाचनमा मतदाता निश्चित रहेकाले दलीय समीकरण कस्तो बन्ने हो रु त्यसैबाट राष्ट्रपति को बन्छ रु भन्ने प्रस्ट हुनेछ ।

प्रतिक्रिया दिनुहोस