aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार दाहाल र वाग्लेलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० फागुन २०७९
इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार दाहाल र वाग्लेलाई

काठमाडौं । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा) ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकारद्वय मात्रिका दाहाल र तारा वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ । वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पत्रकारद्वय दाहाल र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको हो । विसं २०६४ देखि पत्रकारिता सुरु गर्नुभएका दाहालले सुशासनरसार्वजनिक प्रशासन, आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासोलगायत विषयमा कलम चलाउँदै आएका छन ।

उन दिव्यदर्शन राष्ट्रिय साप्ताहिक, रहस्य राष्ट्रिय साप्ताहिक हुँदै कारोबार दैनिक, नागरिक दैनिक र हाल कान्तिपुर दैनिकमा कार्यरत छन । पन्ध्र वर्षदेखि नेपाली पत्रकारितामा क्रियाशील वाग्लेले महिलामाथि हुने विभेद र सार्वजनिक प्रशासन लगायतका विषयमा कलम चलाउँदै आएकी छिन । 

उनी राजधानी, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका हुँदै हाल आइएनएस डट कममा कार्यरत छिन । उनहरूलाई जनही रु ५० हजार राशिको उक्त पुरस्कार इन्जा स्थापना दिवस मार्च १ अर्थात यही फागुन १७ गते प्रदान गरिने सचिव दीपक रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस