aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पाकिस्तानको आर्थिक अबस्था गम्भिर मोडमा, ठूला कम्पनीले उत्पादन बन्द गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० फागुन २०७९
पाकिस्तानको आर्थिक अबस्था गम्भिर मोडमा, ठूला कम्पनीले उत्पादन बन्द गरे

एजेन्सी । पाकिस्तानको अवस्था सुध्रिने नाम लिइरहेको छैन ।  संकटग्रस्त पाकिस्तानमा आपूर्ति शृङ्खला अवरोधका कारण, सुजुकी मोटर्सलगायत धेरै ठूला कम्पनीहरूले आफ्ना प्लान्टहरू बन्द गरेर आफ्नो उत्पादनलाई लगभग शून्य गरेका छ ।

अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा हरेक दिन जनतालाई ठूलो नोक्सान भइरहेको छ । पछिल्ला केही महिनामा धेरै ठूला कम्पनीहरु देश बाहिर निस्किएकाले मुद्रास्फीतिका कारण जनतामा बेरोजगारी संकट बढेको छ । ब्लूमबर्ग रिपोर्टका अनुसार अमरेली स्टिल्स लिमिटेड, मिल्लत ट्रयाक्टर लिमिटेड, सुजुकी र जीएसके लगायतका धेरै कम्पनीले आफ्ना प्लान्ट बन्द गरेका कारण उत्पादनमा निकै कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस