काठमाडौं । अघिल्लो बुधबार राति आफ्नै निवासमा ग्यास लिक भएर त्यसको स्पार्क उछिट्टिएर गम्भीर घाइते भएका नेपाली कांग्रेसका केन्द्य्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको जानकारी प्राप्त भएको छ । बिहीबार नै भारतको मुम्बईस्थित नेशनल बनै सेन्टरमा पुर्याइएका डा. भण्डारीको स्वास्थ्यमा सुधार आएको चिकित्सकले जानकारी दिएका हुन् ।
उनको उपचारमा संलग्न चिकित्सकका अनुसार गएराति भण्डारीलाई पाँच लिटर मात्रै अक्सिजनमा मात्र राखिने भनिए पनि प्रेसर मास्क आठ लिटरमै राखिएको छ । चिकित्सकको भनाइलाई उदृत गर्दै कांग्रेस नेता योगराज कँडेलले आज पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– “पारामिटरहरू नर्मल रहेका छन् । ज्वरो छैन । यो बेला ज्वरो आउनु हुँदैन आएमा राम्रो हुँदैन भन्नेछ, अबको काम इन्फेक्सनबाट बचाउने हो ।"
“यहाँ म सँग आएर बस । मेरो मास्क हटाउन लगाऊ । हात खुट्टाको पट्टी हटाउन लगाउ भन्दै हुनुहुन्थ्यो । नर्सहरूले सोधे के भनेको हो ? मैले भने सबै हटाउन भन्नु हुन्छ भनेपछि नर्सहरूले केही समयका लागि प्रेसर मास्क हटाइदिएँ ।” अगाडी लेखेका छन् ।
भण्डारीले दोहोरो कुरा गरेपनि बोलाी प्रष्ट भने नभएको उनले उल्लेख गरेका छन् । "चिन्ता गर्नु पर्ने अवस्था नरहेको तर घाउ निको हुन समय लाग्ने चिकित्कले बताएका छन् । “सबै ठिक छ । आँखा टाठा छन् । छिटो सञ्चो हुने आत्मवल देखिन्छ ।”
प्रतिक्रिया दिनुहोस