
एजेन्सी। एसियाकै सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाइ अनिल अम्बानीको कम्पनी रिलायन्स क्यापिटल बिक्री हुने भएको छ । भारतको राष्ट्रिय कम्पनी कानुन पुनरावेदन न्यायाधिकरण (एनसीएलएटी)ले मंगलबार आरक्यापका ऋणदाताहरूले दायर गरेको निवेदनमा सुनुवाइ पूरा गर्दै त्यो बिक्रीको बाटो खोलेको हो।
सन् २०२२ को पहिलो चरणको बिडिङमा धेरै ठुला कर्पोरेट समूहहरूले यस कम्पनी खरिदको लागि बोली लगाएका थिए। तर, अहमदाबादस्थित टोरेन्ट समूह यस दौडमा अगाडि देखिएको छ । टोरेन्ट समूह यसलाई किन्न दौडमा सबैभन्दा बढी बोलपत्रदाताको रूपमा अगाडि रहेको हो ।टोरेन्ट समूहले८ हजार ६४० करोड रुपैयाँमा यसलाई खरिद गर्ने इच्छा देखाएको हो।
दोस्रो चरणको बोलपत्रको लागि अनुरोधको गर्दै एलसीएलटीमा निवेदन दायर गरिएको थियो। यसबारेको सुनुवाइ फागुन २१ गते मंगलबार सकिएको छ । यो कम्पनी धेरै ऋणमा डुबेको छ। अनिल अम्बानीको रिलायन्स क्यापिटल टाट पल्टिएको कम्पनी हो।
टोरेन्ट समूहले जनवरी 9९, २०२३ मा अधिग्रहणको लागि पुनः लिलामी गर्ने ऋणदाताहरूको योजना रद्द गर्न न्यायाधिकरणलाई अनुरोध गर्दै याचिका दायर गरेको थियो। हिन्दुजा समूह फर्मले पनि एनसीएलटी आदेशलाई चुनौती दिँदै याचिका दायर गरेको थियो।
रिपोर्टका अनुसार अनिल अम्बानीको रिलायन्स क्यापिटलमा करिब ४० हजार करोड रुपैयाँ ऋण छ। गैर-बैंकिङ वित्तीय कम्पनीको रूपमा सञ्चालन गर्ने कम्पनीको सञ्चालक बोर्ड ९ नोभेम्बर २०२१ मा भङ्ग गरिएको थियो। यसपछि भारतीय रिजर्भ बैंकले बैंक अफ महाराष्ट्रका पूर्व कार्यकारी निर्देशक नागेश्वर रावलाई प्रशासक नियुक्त गरेको थियो। त्यसको भोलिपल्ट केन्द्रीय बैंकले रावलाई सहयोग गर्न तीन सदस्यीय समिति गठन गरेको थियो । अहिले भने यो कम्पनी बिक्री गर्ने तयारी पूरा भएको छ ।
प्रतिक्रिया दिनुहोस