काठमाडौं । चोरी तथा डाँका सम्बन्धी कसूरमा ६ जना व्यक्तिहरु पक्राउ परेका छन् । काठमाडौं प्रहरीले उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पाचथर हिलिहाङका राज कुमार योङया लिम्बु, धनकुटाका जिवन मगर, मकवानपुर गडीका रेशम रुम्बा, धादिङ निलकण्ठका कोसागर तामाङ, सिन्धुपालचोक हेलम्बुका पेम्बा लामा, मुस्ताङ लोमाथाङका डिमा वाङदी गुरुङ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस