aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

डा भण्डारी बोल्न थाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ फागुन २०७९
डा भण्डारी बोल्न थाले

काठमाडौं । आगलागीमा घाइते भएका नेपाली कांगेसका सांसद डा चन्द्र भण्डारी बोल्न थालेका छन् । उनको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको हो । नेशनल बर्न सेन्टर, नबी मुम्बईमा भण्डारीको उपचारमा संलग्न चिकित्सकका अनुसार एण्टीवायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको छ ।

उनलाई ५ लिटर अक्सीजनमा मात्र राखिने भनियता पनि हाल प्रेसर मास्कमा ८ लिटरमै राखिएको छ भने पारामिटरहरु नर्मल रहेको छ । गत बुधबार राति शंखमुलस्थितमा निवासमा ग्याँस लिक हुदाँ आगलागीमा परेर गम्भीर घाइते भएका डा भण्डारीलाई उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । 

प्रतिक्रिया दिनुहोस