aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धामा यस्तो नियम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ भदौ २०७६
उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धामा यस्तो नियम

काठमाडौं । निजामति कर्मचारी सेवामै रहेर माथिल्लो तह उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धामा भाग लिन नपाउने भएका छन् । 


राजपत्रअनंकित र राजपत्रांकित तृतीय श्रेणीसम्म कर्मचारीले खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिवमा बढुवा हुन कार्यरत पदबाट राजीनामा दिनुपर्नेछ । 

प्रनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामति कर्मचारीसम्बन्धी विधेयकमाथिको छलफलमा सांसदे शुक्रबार यस्तो सहमति गरेका हुन् । 

राजपत्रांकित द्वितीय र प्रथम श्रेणी (उपसचिव र सहसचिव)मा आवश्यक संख्याको १०/१० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा यस्तो प्रावधान राख्न लागिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस