aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

२० करोडको लागतमा दुई आकर्षक रंगशाला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ भदौ २०७६
२० करोडको लागतमा दुई आकर्षक रंगशाला

सिन्धुली  ।  सिन्धुलीका दुई नगरपालिकामा रंगशाला बन्ने भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका हुन् । 


कमलामाई नगरपालिका–५ कालिमाटीमा सिन्धुली रंगशालाको शिलान्यास भई काम अगाडि बढिसकेको स्थानीयले जनाएका छन् । निर्माण सुरु भएको रंगशालाको सिन्धुली क्षेत्र नम्बर १ मा संघीय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले एक औपचारिक कार्यक्रमबीच शिलान्यास गरेका थिए । 

३ नम्बर प्रदेश सरकारको १३ करोड ४३ लाख ५८ हजार ३ सय ९७ रुपैयाँ लागतमा सुविधासम्पन्न रंगशाला निर्माण हुने भएको हो ।  दुधौली नगरपालिका वडा नं ९ को  ६ करोड ९४ लाख ९२ हजार ४ सय ७४ रुपैयाँ लागतमा उक्त रंगशाला निर्माण कार्य सुरु भएको हो ।  

सार्वजनिक निर्माण कार्यान्वयन एकाइ धुलिखेलका प्रमुख पूर्णबहादुर दर्जीका अनुसार एक सय मिटर लम्बाइ र ६० मिटर चौडाइको खेलमैदान निर्माण हुने र एकै पटकमा १५ सय जनाले प्रत्यक्ष अवलोकन गर्न सकिने रंगशालाको क्षमता रहनेछ।

५ वर्षमा यो योजना सम्पन्न हुनेछ, प्रमुख दर्जीले भने पार्किङ, चेन्जिङ रुम, शौचालय, खेलमैदान, अफिसियल रुम, मिटिङ हललगायतको सुविधाका साथ रंगशाला निर्माण हुने भएको छ। यस्तै दुधौली नगरपालिकामा प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले क्षेत्रीय रंगशाला बनाउन सुरु गर्ने भएको छ। डिपिआर तयार भई उक्त रंगशालाको काम सुरु भएको दुधौली नगरपालिका प्रमुख घनश्याम राउतले जानकारी दिए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस