काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सको उडान शनिबारदेखि सुचारु हुने भएको छ। भदौ ४ गतेदेखि अवरुद्ध उडान १७ दिनपछि पुनः नियमित रूपमा सुचारु हुने भएको हो।
एयरलान्इसका बजार तथा बिक्री विभाग प्रमख प्रज्वल थापाका अनुसार १० वर्षदेखि नियमित उडानको सेवा दिएको यो वायुसेवाको केही दिनदेखि सेवा रोकिएको थियो। 'हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको एक निरीक्षणका क्रममा हवाई सुरक्षामा देखिएको केही त्रुटीका कारण यो वायुसेवाको उडान रोकिएको थियो।
प्राधिकरणले तोकेको सुरक्षा मापदण्ड कायम गरेपछि पुनः उडान सुरु गर्न अनुमति दिएको छ', थापाले भने । थापाका अनुसार प्राधिकरणले पत्र पठाएर जहाज उडान रोक्नु भनेकाले रोकिएको थियो। उडान सुचारुको निम्ति पनि फेरि प्राधिकरणकै पत्र पर्खनु परेकाले केही दिन उडान हुन नसकेको पनि उनको भनाइ छ।
सन् २००९ मा स्थापना भएको यो वायुसवाले यो क्षेत्रमा अत्यन्त सुरक्षित र भरपर्दो रूपमा अनवरत रूपमा सेवा दिँदै आएको छ। उडानका पाक्षित सेवाका प्रतिवद्धतालाई दोहोयाउँदै नियामक निकायका प्रभाव र निदेशक पालन गन प्रतिवद्धतासहितको उडान गर्नेछ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस