
एजेन्सी। विश्वका पाँचौँ धनी तथा माइक्रोसफ्टका मालिक बिल गेट्सले आफ्नो ब्लगमा भारतको प्रशंसा गरेपछि उनीहरू दंग परेका छन्। आफ्नो ब्लग 'गेट्स नोट्स' मा उनले भनेका छन् कि भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बन्ने तयारीमा छ तैपनि यो देशले सबैभन्दा ठुलो चुनौतीलाई सामना गर्न सक्षम रहेको प्रमाणित गरेको छ।
त्यसो त कोरोनाको समयदेखि नै विश्वले भारतको प्रशंसा गर्दै आएको छ । तीव्र गतिमा बढ्दै गएको अर्थतन्त्र अगाडी बढाइरहेको भारतले अर्थतन्त्रको यो गति अझै जारी रहने विश्वास अर्बपति तथा विश्वका पाँचौँ धनी व्यक्ति बिल गेट्सले व्यक्त गरेका हुन् ।माइक्रोसफ्टका सह–संस्थापकले आफ्नो ब्लग ‘गेट्स नोट्स’ मा भनेका छन्, ‘यसले आशा दिएको छ ।
बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका सह-अध्यक्ष बिल गेट्सले आफ्नो ब्लगमा लेखेका छन्, 'भारतले भविष्यको लागि आशा दिएको छ र विश्वले धेरै सङ्कटहरूको सामना गर्दा पनि भारतले ठुला समस्याहरू एकै चोटि समाधान गर्न सक्छ भनेर प्रमाणित गरेको छ।" यसको स्पष्ट अर्थ हो कि तपाईँले धेरै जसो समस्याहरूलाई ठुलो स्तरमा समाधान नगरी हटाउन सक्नुहुन्न, तर पनि भारतले ठूला चुनौतीहरूको सामना गर्न सक्छ भनेर प्रमाणित गरेको छ।
उनले थप लेखेका छन् कि भारतले पोलियो उन्मूलन गरेको छ, एचआइभी प्रसारण कम गर्न सफल भएको छ, गरिबी कम गर्न ठुलो कदम चालेको छ।
यसबाहेक बिल गेट्सले आफ्नो नोटमा भारत आउने कुरा पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘म अर्को हप्ता फेरि भारत जाँदै छु । यद्यपि मैले धेरै वर्षहरूमा त्यहाँ धेरै समय बिताए पनि, म महामारी पछि गएको छैन।'
प्रतिक्रिया दिनुहोस