aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अब सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने, त्यस्ता कार्यालय कुन–कुन हु्न् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ फागुन २०७९
अब सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने, त्यस्ता कार्यालय कुन–कुन हु्न् ?

काठमाडौं । सरकारले अबदेखि सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सार्वजनिक बिदाको दिन पनि अत्यावश्यक कार्यालयहरु खोल्ने निर्णय गरेको हो । 

यद्यपी, शनिबारका दिन भने अत्यावश्यक कार्यालयहरु पनि खुल्ने छैनन् । आजको बैठकको निर्णय अनुसार बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिने वा अन्य कुनै व्यवस्था गरेर भएपनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो । 

सरकारले अत्यावश्यक कार्यालय कुन–कुन हुन भनेर सूचीसमेत तयार गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस