aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राष्ट्रपति नै टुंगो नलागेका बेला जसपाबाट को बन्दैछ उपराष्ट्रपति ?

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, १२ फागुन २०७९
राष्ट्रपति नै टुंगो नलागेका बेला जसपाबाट को बन्दैछ उपराष्ट्रपति ?

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो उहाँहरुबीचमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र सरकारका विषयमा छलफल भएको जसपा अध्यक्ष यादवले जानकारी दिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “राष्ट्रपति, उपराष्ट्रपति र सरकार सञ्चालन लगायतका विषयमा प्रवेश गर्‍यो, अब निरन्तर जान्छ । बीचमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हुनाले ‘ब्रेक’ भएको छ ।” यसपछि तीन दलको नेताहरूको बैठक बस्ने उनले बताए । उनले यसपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बैठक बस्ने बताएका हुन् ।

जसपाले उपराष्ट्रपति पदमा दाबी गरेकोमा प्रधानमन्त्री प्रचण्ड अत्यन्त सकारात्मक रहेको उनको भनाइ छ । “उपराष्ट्रपति, राष्ट्रपति र सरकार लगायतका विषयमा माओवादी अत्यन्त सकारात्मक छ । सरकारको विषयमा सरकारलाई गतिशील बनाउने कुराहरू अन्यत्र पनि जोडिएका छन्, हामी बाहेकको सरकार । अहिले नेकपा एमाले र माओवादीको सहकार्यमा बनेको सरकारहरू त्यस विषयमा पनि छलफल हुनेछ । माओवादी, जसपालाई उपराष्ट्रपति दिने विषयमा  सकारात्मक छ ।”

राष्ट्रपतिमा भने नेकपा (एमाले), नेपाली कांग्रेस र एकीकृत समाजवादी लगायतका दलहरूको दाबी रहेको भन्दै उनले यस विषयमा छलफल गरेर निष्कर्षमा पुग्ने बताए । कांग्रेसलाई पनि समेट्नुपर्ने आवश्यकता अनुरूप सो अनुरूपको सहमति चाहिनेमा प्रधानमन्त्री प्रचण्डको जोड रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस