aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दसैंअघि गाडी भाडा बढ्ने कि नबढ्ने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ भदौ २०७६
दसैंअघि गाडी भाडा बढ्ने कि नबढ्ने ?

काठमाडौं । सरकार र यातायात व्यवसायीले दसैंअघि गाडी भाडा नबढ्ने बताएका छन् । यातायात विभागले चाडबाडमा यात्रु बसलाई सहज बनाउन सरोकारवालासँगको छलफललाई तीव्र बनाएको छ ।

‘यातायात व्यवसायी भाडा बढाउन बैठक बसिरहेका छन् भन्ने हल्ला मात्रै हो । भाडाबारे निर्णय सरकारले गर्छ,’ नेपाल यायायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘भाडा समायोजनको विषयमा सरकारसँग हामीले कुनै बार्गेनिङ गरेका छैनौं ।’ एक साताको समय मागेर
दसैमा यात्रुलाई सहज रूपमा सेवा दिन सकिन्छ भन्नेबारे देशभरका व्यवसायी जम्मा भएर छलफल गरिरहेको उनले बताए। 

दसैंमा उपत्यकाबाट करिब २० लाख यात्र बाहिरिने गरेका छन्। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले पनि दसैंअघि गाडी भाडा नबढ्ने दाबी गरे । ‘यात्रुलाई सहज र सुरक्षित तरिकाले घरसम्म पुग्ने व्यवस्था हामी गर्दै छौं,’ उनले भने, ‘दसैं मनाएर सुरक्षित तरिकाले काठमाडौं फर्कने वातावरण पनि हामीले सिर्जना गर्नेछौं ।’ यो समाचार आजको  कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस