aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

बेहुला–बेहुली चढेको कार ट्रकसँग ठोक्किँदा चारजना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ फागुन २०७९
बेहुला–बेहुली चढेको कार ट्रकसँग ठोक्किँदा चारजना घाइते

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बेहुला–बेहुली चढेको कार ट्रकमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।

रुपन्देहीको सालझण्डी र फारलाइन बिचको जङ्गलमा रोकिराखेको लु २ ख ४३० नम्बरको ट्रकमा बिहीबार बिहान पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु ३ च ८९२ नम्बरको कार ठोक्किएर उनीहरु घाइते भएका हुन् । 

दुर्घटनाबाट कारमा सवार बाँकेको राप्ती रोनारी गाउँपालिका–९ की २२ वर्षीया कविताकुमारी थारु, सोही ठाउँकी २३ वर्षीया सुशीला थारु, १५ वर्षीय विवश थारु र नवलपरासी पश्च्मिको सरावल गाउँपालिकाका २५ वर्षीय कृष्णा चौधरी घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

घाइते मध्ये कविताकुमारी थारुको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस