aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रुपन्देहीमा पनि रेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ भदौ २०७६
रुपन्देहीमा पनि रेल

रुपन्देही । तिलोत्तमा नगरपालिकामा रेल सञ्चालन हुने भएको छ । नगरको चक्रपथमा रेल सञ्चालनका लागि आवश्यक पहल थालिएको छ ।नगरपालिका र स्थानीय समुदायको लगानीमा रेल सेवा सञ्चालन गर्ने तयारी गरिएको हो ।
 
रेल सञ्चालन गर्न ४३ फुट चौडा तिलोत्तममा चक्रपथको १० फुट क्षेत्र रेलमार्गका लागि छुट्याउन नगरपालिकाले पहल गरिरहेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । रेल सेवा वातानुकूलित र अन्तर्राष्ट्रिय मापदण्डको हुने बताइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस