aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

बैंकिङ कसूर मुद्दामा फरार पविन तामाङ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ फागुन २०७९
बैंकिङ कसूर मुद्दामा फरार पविन तामाङ पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका ८ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका(६ विसिङखर घर भएका २८ वर्षीय पविन तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ माघ २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख ३० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस