aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ओलीले दिए प्रचण्डलाई सरकार छोड्ने चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ फागुन २०७९
ओलीले दिए प्रचण्डलाई सरकार छोड्ने चेतावनी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वर्तमान सरकार छोड्ने चेतावनी दिएका छन् । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा अध्यक्ष ओलीले राष्ट्रपतिमा दायाँबायाँ गरे भोलि नै सरकार छोड्ने चेतावनी दिएका हुन् । 

पुस १० गतेको सहमति बमोजिम राष्ट्रपति आफ्नो दलले पाउनु पर्ने सर्तसहित बालुवाटार पुगेका ओलीले नेपाली कांग्रेसले दिएको धोका नभुल्न सचेत गराएका थिए । लोकतान्त्रि समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार ओलीले राष्ट्रपतिको विषयलाई लिएर गठबन्धन तोडे राम्रो नहुने चेतावनी दिएका थिए । 

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकमा प्रचण्डले गरेको ब्रिफिङ उदृत गर्दै महतोले प्रधानमन्त्री प्रचण्डले सबै दलले एक–एक वटा महत्त्वपूर्ण पद लिएको र राष्ट्रिय सहमति गर्ने हो भने कांग्रेसलाई राष्ट्रपति पद दिन उपयुक्त हुने कुरा ओलीसमक्ष राखेको जानकारी दिए । 

‘३२ सिट भएको माओवादीले प्रधानमन्त्री लिएको छ, एमालेले सभामुख पाएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएको छ । राष्ट्रिय सहमति गर्ने हो भने संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति पाउनुपर्ने उपयुक्त देखिन्छ,– महतोले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस