aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एमालेले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने, को हुन् उम्मेदवार ?

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, १३ फागुन २०७९
एमालेले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने, को हुन् उम्मेदवार ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताएका छन्।

बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहित चार दलको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअघि रहेको गठबन्धन ब्युँताउने चर्चा चलेसँगै अध्यक्ष ओलीले सो प्रतिक्रिया दिएका हुन् । प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिमा शनिबार एमालेले मनोनयन दर्ता गर्ने जानकारी दिए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने बेलामा एमाले र माओवादीबीच एमालेले राष्ट्रपति पाउने सहमति भएको दाबी गरे । 

पुस १० गते सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जानकारी उनले दिए । 

नेकपा (एमाले)को सचिवालय बैठक शनिबार बस्दैछ । पछिल्लो राजनीतिक घटना क्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेका ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस