aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

यस्ता १०० भन्दा बढी महत्वपूर्ण पद गुमाउँदैछ एमालेले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ फागुन २०७९
यस्ता १०० भन्दा बढी महत्वपूर्ण पद गुमाउँदैछ एमालेले

काठमाडौं । सत्ता गठबन्धनमा आएको अदलबदलसँगै देशको दोश्रो ठूलो दल नेकपा (एमाले)ले देशमा विभिन्न निकायमा पाएका महत्वपूर्ण पदहरु गुमाउने भएको छ । शुक्रबार नेकपा  (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तामा सहमति बन्न नसकेपछि सत्ता समिकरणमै फेरबदल भएको छ । 

त्यसपछि बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसका उम्मेदवारले पाउने, उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारले पाउने र राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले पाउने सहमति भएसँगै अब एमाले सत्ताबाट मात्र बाहिरिने छैन, महत्वपूर्ण सबै पद गुमाउने अवस्थामा पुगेको छ । 

एमालेले अब उपप्रधानसहित अर्थ मन्त्रालय, मन्त्रीहरु तथा मुख्यमन्त्री प्रदेश सरकारका मन्त्रीहरुसहित सबै पद गुमाउने छ । संघमा एमालेले राष्ट्रियसभाको अध्यक्ष गुमाउनेछ भने संघीय सरकारका आठ मन्त्री पद जानेछन् । 

त्यसैगरी प्रदेश नं. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मुख्यमन्त्री पद गुमाउने छ । अन्य प्रदेशका मन्त्रीहरु पनि गुमाउनेछ । एमालेले योजना आयोगका सदस्यहरु पनि गुमाउनेछ भने प्रदेशमा रहेका प्रदेश प्रमुखहरु तथा विभिन्न देशका राजदूतहरु पनि गुमाउनेछ । 

प्रतिक्रिया दिनुहोस