
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु चएको भएको छ । बदलिदो राजनीतिक परिस्थितिकाबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको बैठक सुरु भएको हो ।
आजको बैठकले भावी राष्ट्रपति र सरकारमा भएको सहभागितालाई निरन्तरता दिने वा बाहिरिने भन्ने बारेमा निर्णय लिनेछ । राष्ट्रपति पदका लागि आज उम्मेदवारी दर्ता हुने भएकोले उम्मेदवारी दिने या नदिने भन्ने विषयमा बैठकले ठोस निर्णय दिने बताइएको छ । यस्तै सरकारमा रहने या नरहने भन्नेबारे पनि निर्णय लिने बताइएको छ ।
हिजो वर्तमान सत्ता गठबन्धन भत्काएर नेकपा (माओवादी केन्द्र)ले नयाँ समिकरण बनाएपछि एमाले दोधारमा परेको छ । केही नेताहरुले सरकार छोड्नुको विकल्प नभएको बताए पनि औपचारिक निर्णय गरेको छैन ।
एमालेको आजको बैठकले सरकारबाट बाहिरिने निर्णय गर्ने सम्भावना बलियो छ । अध्यक्ष ओलीले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बालुवाटारबाट बाहिरिँदा सरकार छोड्ने बताएकाले आजको बैठकबाट राष्ट्रपतिको उम्मेदवार छानेर त्यस्तो निर्णय गर्ने सम्भावना रहेको बताइएको हो ।
प्रतिक्रिया दिनुहोस