काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्था सुधारको क्रममा रहेको छ । फागुन ३ गते आफ्नै निवासमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भइ भारतको मुम्बईस्थित नेसनल वर्न सेन्टरमा उपचारारत डा. भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको हो ।
नेता भण्डारीको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको जानकारी प्राप्त भएको छ । अस्पतालले आज उनको ‘ड्रेसिङ’ गर्ने तयारी गरेको छ ।
उनका आफन्त मीनप्रसाद भण्डारीले दिएको जानकारी अनुसार शुक्रबारबाट ठोस खाना खान सुरु गरेका भण्डारीले राम्रोसँग बोल्ने र खाना खाने गरेका छन् ।
अस्पतालले भण्डारीसँग बाहिरी मानिसको भेटघाटमा भने बन्देज लगाएको छ ।
बुद्धनगरको निवासमा ग्यास लिक भएर आगो लाग्दा डा. चन्द्रकान्त र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । फागुन ४ गते कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हरिकलाको भने फागुन ४ गते नै निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस