aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्बाङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ फागुन २०७९
एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्बाङ

काठमाडौं । नेकपा (एमाले)ले पार्टी उपाध्यक्ष सुवास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउन निर्णय गरेको हो । 

एमालेले नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी पार्टी सचिव योगेश भट्टराईले दिएका छन् । सचिव भट्टराईले सामाजिक सञ्जाल मार्फत उक्त कुराको जानकारी गराएका हुन् । 

प्रतिक्रिया दिनुहोस