
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरे लगत्तै मन्त्रीहरु बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।
आज राजीनामा बुझाउनेहरुमा उपप्रधान एवम् उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंह रहेका छन् ।
प्रतिक्रिया दिनुहोस