aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

मेयर पदबाट राजीनामा दिन लगाउन खोजिँदैछ: मेयर बालेन साह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ फागुन २०७९
मेयर पदबाट राजीनामा दिन लगाउन खोजिँदैछ: मेयर बालेन साह

काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन्। उनले शनिवार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो खुलासा गरेका हुन्।   

‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ उनले लेखेका छन् । कसले र किन उनलाई यस्तो दबाब दिए भन्ने उनले केही खुलाएका छैनन्। यो कुन सन्दर्भमा आएको हो भन्ने पनि खुलासा भएको छैन ।

बालेनले उनलाई कसले किन दवाब दिएको भन्ने समेत नखोलेका कारण अहिले उनको फेसबुक स्ट्याटसलाई कौतुहलताका साथ हेरिएको छ। 

प्रतिक्रिया दिनुहोस