भैरहवा । अर्घाखाँची सिद्धार्थनगर सम्पर्क समाज रुपन्देहीले वनभोज कार्यक्रम गरेको छ । अर्घाखाँचीबाट पेसा र व्यवसायले गर्दा सिद्धार्थनगरमा आइ बसोबास गरेका व्यक्तिहरुलाई गोलबद्ध गर्ने उद्देश्यले शनिवार कार्यक्रम गरिएको हो । छरिएर रहेका जिल्लाबासीलाई संस्थागत गर्दै एकताबद्ध गर्नु समाजको उद्देश्य हो ।
लामो समय देखि जन्मस्थान छोडेर कर्म स्थानमा बसोबास गर्दै आएकालाई एकताबद्ध गर्न गत असोजमा समाज जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता गरिएको थियो । समाजका अध्यक्ष कृष्णप्रसाद भट्टराई समाजिक सद्भाव राख्ने गरी सेवामुलक, गैरराजनीतिक संस्था दर्ता गरिएको बताए । अहिले सुरुवाती चरणमा भएकोले सबैलाई समेट्न नसकिएको बताउँदै आगामी दिनमा अझ धेरै जनालाई समेट्ने अध्यक्ष भट्टराईले बताए ।
समाजले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा रहेको दरखस्वा पार्कमा भएको कार्यक्रममा पूर्व मेयर हरिप्रसाद अधिकारी, वडा नं. ३ का पूर्व अध्यक्ष थानेश्वर पौडेल, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर श्रेष्ठ लगायत दुई सय जनाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस