काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो वनभोज कार्यक्रम आयोजना भएको छ । ताप्लेजुङ सरोकार केन्द्रद्घारा आयोजना गरेको वनभोजमा करिब दुई हजार पाँच सयभन्दा बढी ताप्लेजुङ स्थायी घरभइ काठमाडौंमा बसोबास गर्नेहरुको सहभागीता रहेको आयोजकले जनाएको छ । नेपालमा यति धेरै सहभागीता गराएर वनभोज कार्यक्रम गर्ने गरेको नभएकाले यो वनभोज कार्यक्रम नेपालमा नै सबैभन्दा ठूलो वनभोज भएको उनीहरुको दावी रहेको छ ।
भक्तपुरको मन्थली चौरमा आयोजना गरिएको उक्त वनभोज केन्द्रको ११ औं वनभोज कार्यक्रम भएको कार्यक्रमका संयोजक तथा केन्द्रका उपाध्यक्ष बलबहादुर तामाङले जानकारी दिए । उक्त कार्यक्रममा सभामुख देवराज घिमिरे, पूर्वमन्त्री महेश बस्नेत, पूर्वमन्त्री तथा सभासद योगेश भटट्राईको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले पूर्वको भौगोलिक रुपमा दुर्गम जिल्ला भएपनि ताप्लुजुङले नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका निर्भाह गरेको बताए । उनले भने, ‘नेपालको राजनीतिक परिवर्तनमा ताप्लुजुङ बासीको महत्वपूर्ण भूमिका रहेकाले अब ताप्लुजुङको विकासमा पनि केन्द्र सरकारले पनि महत्वपूर्ण स्थानमा राखेर काम गर्न पर्छ ।’
प्रतिक्रिया दिनुहोस