aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

स्रोत नखुलेको रकमसहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ फागुन २०७९
स्रोत नखुलेको रकमसहित पक्राउ

सप्तरी । तिलाठी कोईलाडी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको ६ लाख ८३ हजार ३ सय नेपाली रूपैयाँ र ५० हजार भारतीय रूपैयाँसहित भारत सुपौल कुनौली ग्राम पंचायत कमलपुर बिहार घर बताउने ३१ वर्षीया अस्मिता कुमारी साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार कार्यालयका कर्मचारीसहित संयुक्त रूपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस