aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मोबाइलको लतबाट टाढा बनाउन व्यवहारिक शिक्षा आवश्यक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ फागुन २०७९
मोबाइलको लतबाट टाढा बनाउन व्यवहारिक शिक्षा आवश्यक

भक्तपुर । बालबालिकालाई मोबाइल कम्प्युटर एवं अन्य इलेकट्रोनिक ग्याजेटबाट टाढा राख्न विद्यालयले व्यवहारिक शिक्षामा जोड दिनु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताएका छन ।गोल्डेन सुनगाभा बोडिङ स्कुलको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बालबालिकाको मोबाइल आदीको लत छुटाउन विद्यालयले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।

हिजो कोरोना आदीका नाममा अनलाइन कक्षा भए मोबाइल ल्यापटप कम्प्युटर अनि ट्यावको बानी बालबालिकालाई पर्‍यो अव उक्त बानी छुटाउन अभिभावक शिक्षक शिक्षिकालाई गारो परेको बताउँदै श्रेष्ठले अव उक्त बानी छुटाउन नसके भावी पुस्ता नै खतरामा पर्ने बताए । बालबालिकामा भएको सामाजिक सञ्जाल र इलेकट्रोनिक्स ग्याजेटको लतबाट छुटाउन नसक्ने हो भने आगामी पुस्ताको भविष्य नै जोखिममा भएको उनले बताएका थिए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले दक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयले ठुलो योगदान रहेको बताए । उनले हाल बालबालिकालाई केवल शिक्षा मात्र नभएर उनीहरूलाई व्यवहारिक ज्ञान पनि दिन सक्नु पर्ने बताउँदै यो विषयमा गोल्डेन सुनगाभा अग्रणी भएको बताए । उनले हाल बालबालिका कुलतमा फस्ने जस्ता विभिन्न समस्यामा पर्न थालेका छन् यसबाट जोगाउन पनि विद्यालयले उनीहरूलाई व्यवहारिक शिक्षा दिनु पर्नेमा उनले जोड दिए ।

उनले हाल निजी विद्यालयमा रहेको समस्या समाधान प्रदेशमा आफूले पहलकदमी समेत गर्ने बताए । यस्तै कार्यक्रममा विद्यालयका सल्लाहकार माधव खत्रीले हिजो पढाउने विद्यालय चाहिएको थियो अव व्यवहारिक शिक्षा दिने विद्यालयको खाँचो भएको बताए  । 

कार्यक्रममा विद्यालयले आयोजना गरेको साता व्यापी विभिन्न प्रतियोगिताहरूमा विजेता विद्यार्थीहरूलाई पुरस्कारबाट पुरस्कृत गरेको थियो । कार्यक्रममा विद्यालयले आयोजना गरेको साता व्यापी विभिन्न प्रतियोगिताहरूमा विजेता विद्यार्थीहरूलाई पुरस्कारबाट पुरस्कृत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस