काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकको लागि आवेदन खुला भएको छ । केन्द्रले एक सूचना जारी गर्दै उक्त पदका लागि आवेदन दिन आह्वान गरेको हो ।
केन्द्रले जारी गरेको सूचनामा जनाए अनुसार कार्यकारी निर्देशकको पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा नियुक्त गरिनेछ । न्यूनतक शैक्षिक योग्यता र अनुभव प्राप्त गरेकाहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
यस पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा उर्जा सम्बन्धी विषयमा स्नातकोत्तर उपाधि सहित बैकल्पिक उर्जाको क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको अनुभव प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस