aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

मध्यपुर थिमीका उपप्रमुखमाथि हातपात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ फागुन २०७९
मध्यपुर थिमीका उपप्रमुखमाथि हातपात

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथी अनुगमनका क्रममा कुटपीट भएको छ । नगरपालिकाको विकास निर्माणको कार्यक्रम अन्तरगत अनुगमनमा निस्केका उपप्रमुख श्रेष्ठमाथि हातपात भएको हो । 

नगरपालिकाको मध्यपुर थिमी नगरपालिका वडा नं ५ बस्ने सुमन जोशी लगायतका समूहहरूले नगर उपप्रमुखमाथि हातपात गरेको नगरपालिकाले स्थानीय प्रहरी समक्ष उजुरी दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले महानगरीय प्रहरी वृत्त मध्यपुर थिमिमा उजुरी दिएका हुन् । 

नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्षसमेत रहेका उनलाई हातपात गरी घाइते बनाउने उद्देश्यले कुटपिट गरेको घटनाको पार्टीले कारबाहीको माग गरेको छ । विज्ञप्तिमार्फत नगरपालिका र पार्टीले विकास निर्माणको कार्यमा हातेमालो गरी अघि बढ्नु पर्नेमा यस्ता दूषित मनसाय राखेर घटना घटाउन खेदजनक रहेको र नगर प्रमुख र उप प्रमुखको उपस्थितिमा भइरहेको विकास निर्माण कार्यमा आक्रमण हुनुले सम्पूर्ण विकास प्रेमी नगरवासीहरूको भावनामा ठेस पुगेको उल्लेख गरेको छ ।

उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कडा भन्दा कडा कारबाही गर्न माग नगरपालिका र नेकपा माओवादी पार्टी दुवैले गरेका छन् । बालकुमारी हात्तिमहाकाल सडक आयोजनाको योजना सुरु गर्ने क्रममा दुई पोखरी टोलमा ढुङ्गा विच्छाउने कार्यको लागि गत माघमा नगर प्रमुख र नगर उपप्रमुखको उपस्थितिमा बालकुमारी हात्तिमहाकाल सडक उपभोक्ता समिति गठन भएको थियो ।      
 

प्रतिक्रिया दिनुहोस