aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

सात दिन कैद र २० लाख जरिवाना तोकिएपछि भागेका डुण्डराज पाण्डे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ फागुन २०७९
सात दिन कैद र २० लाख जरिवाना तोकिएपछि भागेका डुण्डराज पाण्डे पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका ३ घर भइ काठमाडौं टोखा नगरपालिका ४ बस्ने ५२ वर्षीय डुण्डराज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटनको २०७९ पुस १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २० लाख २० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदातलको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस