काठमाडौं । यस वर्षको पहिलो हिँउदे वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरु प्रभावित पारेको छ । विमानस्थलबाट प्राप्त जानकारी अनुसार पोखरातर्फका सबै उडान रद्द गरिएको छ भने अन्तर्राष्ट्रियतर्फ नेपाल आएका विमानहरु उतै फर्काइका छन् ।
विमानस्थलका आन्तरिक तर्फका टर्मिनल प्रमुख रुद्ध पौडेलका अनुसार पोखरा जान लागेका बुद्ध, यती, श्री एयरलाइन्स लगायतका सबै उडानहरु रद्द गरिएको छ । पौडेलले आर्थिक न्युजसँग भने, ‘मौसम खराबीका कारण अन्तर्राष्ट्रिय सँगै आन्तरिक उडानपनि पनि अवरुद्ध भएका छन् ।’
त्यसैगरि, भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज दिल्ली फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएका कारण जहाज दिल्ली फर्काएको विमानस्थल कार्यालयले जनाएको हो ।
प्रतिक्रिया दिनुहोस