काठमाडौं । अभिनेता पूर्णविक्रम उर्फ पल शाहले सफाई पाएका छन् । नाबालिका किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेर पक्राउ परि विगत एक वर्षदेखि तनहुँ जिल्ला कारागारमा रहेका शाहलाई उच्च अदालत पोखराले सफाई दिएको हो ।
जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको हो । यो फैसलासँगै पल शाह एक वर्षपछि जेलमुक्त हुने भएका छन् ।
अघिल्लो वर्षको फागुन ११ गतेको पीडितको जाहेरीले फागुन १५ गते पक्राउ परेका शाह त्यतिबेलादेखि जेलमै रहेका थिए ।
प्रतिक्रिया दिनुहोस