
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आजका लागिा बोलाइएको छ । सरकारलाई दिएको समर्थन फिर्ता वा जारी राख्ने, भावी राष्ट्रपतिको सम्बन्धमा के गर्ने र बैशाख १० गते चितवनको क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनका बारेमा निर्णय लिन आजको बैठक बोलाइएको बुझिएको छ ।
गएको पुस १० मा बनेको सातदलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धन बनेको छ । उक्त आठ दलीय गठबन्धनमा रास्वपा समेटिएको छैन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकोमा माघ २२ गते सरकारबाट बाहिरिएको थियो । सरकारबाट अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन ।
राष्ट्रपतिको निर्वाचनका लागि नेपाली कांग्रेस वा नेकपा (एमाले)का उमेदवारको प्रस्तावक वा समर्थकमा रास्वपा बसेको छैन । केन्द्रीय समिति बैठकबाट उक्त दलले यसबारे स्पष्ट नीति तय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस