
काठमाडौं । राष्ट्रियसभाको बैठक पनि आज बस्न लागेको छ । संघीय संसद् सचिवालयले दिएको जानकारी अनुसार राष्ट्रियसभाको बैठक आज मध्यान्ह १२ बजेर ३१ मिनेट जाँदाको समयमा बस्न लागेको हो ।
आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै, विधायन व्यवस्थापन समितिका सभापति डा. बेदुराम भुसालले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ सभा समक्ष पेस गर्नेछन् भने राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्नेछिन् ।
प्रतिक्रिया दिनुहोस