aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पाँच प्रतिशत महँगियो डलरको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
पाँच प्रतिशत महँगियो डलरको भाउ

काठमाडौं । पछिल्लो दुई महिनामा अमेरिकी डलरको भाउ पाँच रुपैयाँ २८ पैसा (४.८ प्रतिशत) महँगिएको छ । गएको २० असारमा राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको विनिमय (बिक्री) दर एक सय नौ रुपैयाँ ७८ पैसा, थियो। तर २० भदौमा एक सय १५ रुपैयाँ ६ पैसा पुगेको छ।

गत बुधबार त डलरको भाउ एक सय १६ रुपैयाँ १५ पैसा पुगेको थियो। कुनै पनि मुद्राको छोटो समयमै यतिधेरै अवमूल्यन स्वाभाविक मानिन्न। डलरको मूल्यमा भएको उतारचढावले हाम्रो अर्थतन्त्रमा अप्ठेरा दिन आउनलागेको संकेत गरेको नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा बताउँछन्। एकै दिन डलरको सटहीदर एक रुपैयाँ ६० पैसासम्मको उतारचढाव देखिएको छ। स्वदेशी मुद्राको अवमूल्यनले आयात खर्च अझै बढ्ने र यसको असर विकास निर्माणमा पर्नसक्ने भन्दै उनले चिन्ता जनाएका हुन्। नेपालको वैदेशिक व्यापारमा घाटा बढिरहेको बेला अमेरिकी मुद्रा महगिँदा यसले विकास आयोजनाको काममा प्रभाव पार्ने उनी बताउँछन्।

डलर महाँगनुमा नेपालभन्दा पनि भारतीय अर्थतन्त्रमा देखिएको क्रमिक सुस्तता बढी जिम्मेवार छ। अमेरिकी सरकारको व्यापार
संरक्षण गर्ने नीतिले डलरलाई बलियो बनाउँदै लगेको छ। चीन र युरोपेली संघ हुँदै व्यापार युद्धको प्रभाव जापान र कोरियासम्म फैलिन थालेपछि विश्वव्यापी रूपमै लगानीको वातावरण खलबलिएको छ। 

यहीबेला पानी कमजोर भएको तथ्यांक  सार्वजनिक भएपछि त्यहाँको मुद्रा भारतीय रुपैयाँ सस्तिन थालेको छ। भारु एक बराबर एक रुपैयाँ ६० पैसा हुनेगरी नेपालले आफ्नो मुद्रालाई अंकुश लगाएको छ। यस्तो स्थिर विनिमयदरका कारण भारुसँग डलरको विनिमयदरमा आउने परिवर्तनले नेपाली मुद्राको सटही दरलाई पनि असर पार्छ।

डलर महँगो हुँदा नेपाललाई केही घाटा र केही नाफा हुन्छ। विदेशबाट रेमिट्यान्स पठाउने नेपालीको आय बढ्छ । विदेशी अनुदानबाट प्राप्त हुने आयको मूल्यांकन बढ्छ। यसले थोरै भए पनि निर्यात बढ्न सहयोग गर्छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस