aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

५० मिटरको दुरिमा दुईवटा पुल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
५० मिटरको दुरिमा दुईवटा पुल

रोल्पा । माडीखोलामा नजिकै दुईवटा पुल देख्दा जोकोहीलाई अचम्म लाग्न सक्छ ! धेरै नदी र खोलामा पुल नभएकाबेला एकै ठाउँमा दुईवटा पुल देख्दा आश्चर्य लाग्नु स्वभाविक हो। तर करिब ५० मिटर दूरी नजिक पक्की र बेलीब्रीज देखिने अवस्था आउनुमा लामो कथा छ।

एक दशकदेखि यो खोलामा पक्की पुल निर्माण कार्य अलपत्र थियो। दुईवटा पिलर ठड्याएर लामा धमे्रन्द्र जेभी कन्ट्रक्सनका ठेकेदार बसन्त डिसीले पुल अलपत्र छाडेका थिए।

प्यूठान चकचकेस्थित सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच २०६६ असार १९ गते ठेक्का सम्झौता भएको थियो। सम्झौता अवधि सकिन लागेका बेला पुल निर्माण गर्न झुल्किएका ठेकेदारले डिजाइन इष्टिमेट गलत भएको भन्दै काम रोके। पुनः डिजाइन इष्टिमेट गरेर ठेक्का सम्झौता गरेपछि दुईवटा पिलर ठड्याएर ठेकेदार बेपत्ता भए।

पुल अलपत्र पारेपछि सरकारले ठेक्का सम्झौता रद्द गरेर पुनः टेन्डर आव्हान गर्‍यो। २०७५ असार ३० गते सडक डिभिजन र निर्माण कम्पनी एसिट टिक/राज जेभीसँग नयाँ ठेक्का सम्झौता भयो।

३ करोड ३५ लाखमा सम्झौता भएको पुल १७ महिनामा सम्पन्न गर्नुपर्ने अवधि थियो। तर एक दशकसम्म अलपत्र परेको पुल ११ महिनामै सम्पन्न भयो। निर्माण व्यवसायी राजवीर सम्झौता अवधिभन्दा पहिले नै पुल सम्पन्न गरे। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस