aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ फागुन २०७९
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका १ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका ८ घर भएका ३२ वर्षीय नितेश राज तामाङसमेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस