aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

परराष्ट्रमन्त्री पौडेलको गुनासो– ‘नबोलाएका पाहुनाले स्रोत बर्बाद गरे, वातावरण बिथोले’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ फागुन २०७९
परराष्ट्रमन्त्री पौडेलको गुनासो– ‘नबोलाएका पाहुनाले स्रोत बर्बाद गरे, वातावरण बिथोले’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा उड्न लाग्दा रोकेकी परराष्ट्र मन्त्री विमला राई पौडेल नबोलाएका पाहुनाले नेपालको राजनीतिक वातावरण बिथोल्ने गरेको बताएकी छिन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले त्यस्ता पाहुनाले समय र स्रोत समेत अनावश्यकरुपमा खर्च गराउने बताएकी हुन् । 

५२ औँ संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार सम्बन्धी सभामा भाग लिन आइतबार जेनेभा तर्फ उड्नै लाग्दा प्रधानमन्त्रीको आदेशमा भ्रमण रद्द गर्न बाध्य बनेकी पौडेलले त्यसबाट नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रिने समेत चिन्ता गरिन् । उनले भनिन्, ‘महत्त्वपूर्ण  अन्तर्राष्ट्रिय सभा रहेको थियो । धेरै मुलुकका प्रतिनिधि र उच्च व्यक्तित्वहरुसंग भेटघाटको कार्यक्रम समेत थियो । तर, अचानक भ्रमण रोकिदा मुलुकको छवि बिग्रिने चिन्ता बढेको छ ।’

उनले मन्त्रीपरिषद्को निर्णय व्यवहारमा लागू नभएको भन्दै भ्रमण रोक्ने कार्यको विरोध समेत गरिन् । त्यसैगरि, कानुनले नै नचिनेका सल्लाहकार पूर्व कानुन मन्त्री गोविन्द बन्दीको नेतृत्वको टोली जेनेभा गएको समेत उनले आपत्ति जनाइन् । 

पछिल्लो समय विदेशीहरूको नेपालमा भइरहेको उच्चस्तरीय र सघन भ्रमणका क्रममा परराष्ट्र मन्त्रालय बाइपास भएको नेताहरूले आफूखुसी विदेशी भेटेको समेत उनको टिप्पणी थियो । नेपाल नबोलाएका तर, आफूखुसी आएका पाहुनाहरूले भने यहाँको समय स स्रोत अनावश्यकरुपमा खर्च गर्ने र राजनीतिक वातावरण समेत बिथोलेर हिँड्ने गरेको उनको भनाई थियो । 

 

प्रतिक्रिया दिनुहोस