
काठमाडौं । रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार बसको रास्वपा पार्टीको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई दिएको समर्थन कार्यमै राख्ने निर्णय गरेको हो ।
रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने जानकारी दिए । रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो ।
तर, आजै नेकपा एमालले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकार छाड्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस